साढे ४ किलो कोकिनसहित चार जना विदेशी नागरिक पक्राउ

काठमाडौं। नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४ किलो ५०४ ग्राम कोकिनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
व्यूरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फल्स बटममा लुकाई कोकिन ओसारपसार गर्ने चार जना विदेशी नागरिकलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार जेठ २७ गते फ्लाई दुवईको उडानबाट नेपाल आएका तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई ठमेलस्थीत एक होटलबाट १८ क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो।
उनले आफ्नो पेटभित्र थप क्याप्सुल रहेको बताएपछि अस्पताल लगि थप ७७ वटा कोकिनका क्याप्सुलहरु बरामद गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिनेश कुमार आचार्यले जानकारी दिए। त्यस्तै जेठ ३० गते इमिरेट्सको उडानबाट ब्राजिल हुदै काठमाडौं आएकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई विमानस्थल परिसरबाटै १२१ वटा फेन्सी लुगाको बटनमा लुकाएर ल्याएको २ किलो १ सय ग्राम कोकिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै असार १ गते कतार एयरको उडानमार्फत नेपाल आएकी भेनेजुलियन नागरिक साइमन एन्टोनियो अल्फोन्जो राडालाई काठमाडौंको एक होटलबाट कोकिनका ९२ क्याप्सुल सहित पक्राउ गरिएको व्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक आचार्यले बताए।
अनुसन्धानका क्रममा प्रहरीले उक्त कोकिनका क्याप्सुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरिक लालरु अत्संगीलाई पक्राउ गरेको छ। उनले कोकिनका क्याप्सुलहरु नेपालबाट भारतको नयाँ दिल्लीसम्म लैजान लागेको अनुसन्धानबाट खुलेको व्यूरोले जनाएको छ। बरामद गरिएका लागू औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी रु १५ करोड ७६ लाख हुन आउने बताइएको छ।

















मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा
चीनमा पटाका पसलमा विस्फोट हुँदा १२ जनाको मृत्यु
राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
प्रतिक्रिया