रौतहटको गरुडा नगरपालिकाको ७० करोडभन्दा बढीको बजेट प्रस्तुत

रौतहट । रौतहटको १८ स्थानिय तह मध्ये जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकाको नगसभाले ७० करोड बढीको बजेट पारित गरेको छ ।
बिहीवार सम्पन्न गरुडाको एघारौ नगरसभा तथा आठौं बजेट अधिवेशनमा ७० करोड बढिको बजेट प्रस्तुत गरिएको हो ।
मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभामा उपमेयर पुनम चौधरीले आर्थिक वर्ष २०८१।०८२ को लागि ७० करोड २० लाख ५९ हजार रुपैयाँ आयव्यय सहितको बजेट प्रस्तुत गरेकी थिइन्।
संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, ससर्त अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, आन्तरिक आय लगायतबाट गरी उक्त बजेट पारित गरिएको नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले बताएका छन ।
शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको मेयर जैसवालले बताएका छन।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलम, वडा १ का वडा अध्यक्ष शेख वहाब, २ का अध्यक्ष कृष्णनन्दन सहनी, ३ का अध्यक्ष अम्बिका सहनी, ४ का अध्यक्ष सुनिल कुमार जयसवाल, ५ का अध्यक्ष रामबाबु चौधरी, सम्पुर्ण कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।
















विश्वकपमा आज तीन खेल, पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा हुँदै
विश्व रेडियो दिवस आज मनाइँदै
पशुपति क्षेत्रमा तयारी अन्तिम चरणमा,शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह
आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया