मंगलबार, वैशाख १५, २०८३

विश्व सङ्गीत दिवसमा राष्ट्रिय गीत लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

मेरोन्यूज २०८१ असार ८ गते ११:५८

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विश्व सङ्गीत दिवसको अवसरमा ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तरक्रिया कार्यक्रम तथा राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१को नतिजा सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement
NiccNicc

कार्यक्रममा उपकुलपति शम्भु राईले ‘राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१’ को नतिजा सार्वजनिक गर्नुहुँदै सातै प्रदेशका सात उत्कृष्ट प्रतियोगीहरुको नाम घोषणा गरे । गणतन्त्र दिवसको अवसर पारेर प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१को सूचना प्रकाशित गरेपश्चात मापदण्ड अनुसार देशैभरबाट १९३ वटा गीतहरु प्राप्त भएका थिए ।

प्राप्त गीतमध्ये कोशी प्रदेशका तेज राई(नपाली भाषा), मधेश प्रदेशका लिलाराज दाहाल(नेपाली भाषा), बागमती प्रदेशका सिर्जना अर्याल(नेपाली भाषा), गण्डकी प्रदेशका बाबुराम श्रेष्ठ(नेपाली भाषा), लुम्बिनी प्रदेशका बसन्तकुमार आचाय(नेपाली भाषा) कर्णाली प्रदेशका रामकुमार शाही (नेपाली भाषा), र सुदुरपश्चिम प्रदेशका धीरज नाथ (डोटेली भाषा) उत्कृष्ट हुन सफल भएको हाे ।

प्रतिक्रिया