पर्सामा हात्तीको २ दारासहित ३ जना पक्राउ

वीरगन्ज । पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दारा सहित तीनजना मानिसलाई पक्राउ गरेको छ । स्थानिय ठोरी गाउँपालिका ४ गोरखपुर टोलमा प्रहरीले बिशेष सूचनाको आधारमा २० किलोग्राम भन्दा बढी तौल भएको दुईवटा हात्तीको दारा बरामद गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता डिएस्पी दिपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दारा खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए । स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमीन मुनि राखिएको अवस्थामा उक्त दुईवटा दारा बरामद भएको प्रहरी प्रवक्ता भरतीले जानकारी दिएका छन ।
हात्तीको दारा ओसारपसार र बिक्री बितरणमा संलग्न रहेको आरोपमा ठोरीको विजयवस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ का प्रेम शर्मा र वडा ३१ का अमिरीलाल महतोलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले नेपाली ५० रुपैयाको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडियो र फोटो समेत बरामद गरेको छ ।
डिभिजन वन कार्यालय पर्साको सहकार्यमा अनुसान्धान भईरहेको प्रवक्ता भारतीले बताएका छन् ।










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया