अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौँ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ चिसापानी बस्ने उदयपुर कटारी नगरपालिका-६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई अवैध लागूऔषध गाँजा करिब ६ सय ४ किलोग्रामसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित गोठ तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी गोठमा सुतिरहेका पाख्रिनलाई पक्राउ गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका-१ गोलपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रासहित टीकापुर नगरपालिका-१ बस्ने ३५ वर्षीय आशिस लोथ्याललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ नहरपुरस्थित झोलुङगेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय सुरज सुन्दौलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोजेपोखरीबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ४३ पिससहित काभ्रे पनौती घर भई ललितपुर बोजेपोखरी बस्ने ३१ वर्षीय सुदिप कार्की र उदयपुर कटारी नगरपालिका-६ घर भई ललितपुर ईमाडोल बस्ने २१ वर्षीय राजिव बराललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापाको मेचिनगर नगरपालिका-६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्रामसहित दमक नगरपालिका-४ बस्ने २७ वर्षीय बिर्जेश सुनुवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिका-५ ठुलो खोल्सा डाँडाबाट अवैध लागूऔषध गाँजा ८ किलो ५ सय ग्रामसहित सोही गाउँपालिका-८ बस्ने २१ वर्षीय अशोकलाल मोक्तान समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउसस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ८० ग्रामसहित सोही महानगरपालिका-१३ बाझापाटन बस्ने २४ वर्षीय दुध प्रसाद गुरूङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ५५६९ नम्बरको माईक्रोबसलाई जाँच गर्ने क्रममा माईक्रोबसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ बजनी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ बस्ने २१ वर्षीय सुजन मुक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले अम्लेखगंजबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०३-००५१ प ४८७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक मुक्तानलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।











कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया