मंगलबार, वैशाख १५, २०८३

घनश्याम कँडेलको साहित्यसाधना सार्वजनिक

मेरोन्यूज २०८१ असार ८ गते २०:२७

काठमाडौं । प्राध्यापक घनश्याम कँडेलको जीवनी, व्यक्तित्व, कृतित्व आधारित ‘घनश्याम कँडेलको साहित्यसाधना’ शीर्षकको ग्रन्थ सार्वजनिक गरिएको छ। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा ग्रन्थको लोकार्पण गरिएको हो। 

Advertisement
NiccNicc

जीवनवृत्तमा घनश्याम कँडेल, परिवार र स्वजनका दृष्टिमा घनश्याम कँडेल, समालोचनामा घनश्याम कँडेल, अन्तर्वार्तामा घनश्याम कँडेल, भूमिकाहरूमा घनश्याम कँडेल, घनश्याम कँडेलका आफ्ना भनाइहरू, घनश्याम कँडेलका दृष्टिमा विशिष्ट समालोचकहरू, सम्मान तथा तस्बिरमा घनश्याम कँडेल जस्ता शीर्षकहरू छन्। ग्रन्थको सम्पादन डा. यज्ञेश्वर निरौलाले गरेका हुन्। 

वरिष्ठ समालोचक प्राध्यापक डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रममा ग्रन्थमाथि समालोचक प्रा.डा. रामप्रसाद ज्ञवाली र गीता त्रिपाठीले समीक्षात्मक मन्तव्य गरेका थिए। यसैगरी नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, कवि देवी नेपाल, समालोचक पशुपति नेउपाने, सम्पादक निरौला लगायतले कँडेलको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पारेका थिए। त्रिवि नेपाली केन्द्रीय विभागबाट सेवा निवृत्त कँडेलका सिर्जना र समालोचना गरी १४ वटा कृति प्रकाशित छन्। 

अंग्रेजी, नेपाली र संस्कृत भाषाको गहन अध्येता कँडेलले आधा दर्जन खण्डकाव्य लेखेका छन्। तीमध्ये ‘धृतराष्ट्र’ खण्डकाव्यले २०७३ सालको मदन पुरस्कार पाएको थियो। केही अन्वेषण ः केही विश्लेषण, पाश्चात्य यथार्थादी नाटक, स्वच्छन्द विचरण कँडेलका समालोचनात्मक कृति हुन्।

प्रतिक्रिया