अवैध लागूऔषधसहित तीन जना पक्राउ

मोरङ । बेलबारी नगरपालिका-१० भाउन्नेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित झापा दमक नगरपालिका-८ बस्ने २४ वर्षीय भोला मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रूपन्देही, गैडहवा गाउँपालिका-८ कोत्रहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम, मोबाइल २ थान र नगद ७७ हजार ९ सय रूपैयाँसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ मिमिहवा बस्ने २१ वर्षीय रबिन्द्र लोध र २३ वर्षीय लालमोहन लोध रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले लु.२१ प ३२५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया