नवलपुरमा गोहीको आक्रमणबाट मृत्यु
मेरोन्यूज
२०८१ असार १० गते २१:२९

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको निधन भएको छ ।
काठमाडौं ।आज विहान ९ बजेतिर नवलपुरको मध्यविन्दु नगरपालिका २ सेहेरीमा नारायणी नदी किनारमा नुहाउन गएका ७२ बर्षीय मिलबहादुर थारुको गोहीको आक्रमणबाट निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार थारुले नुहाउने क्रममा गोहीले तानी नदीमा लगेको र डुबेको अवस्थामा उद्दार गरिएको थियो ।
स्थानीय र प्रहरीलको टोलीले उद्दार गरी हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको सरिरको खुट्टाको भाग गोहीले खाएको अवस्थामा फेला परेको छ ।
उक्त गोहीलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले उद्दार गरी लगेको थियो ।
सम्बन्धित
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
प्रतिक्रिया