उपाध्यक्ष तिमल्सिनासहित ४ वडाध्यक्षद्वारा बागमती गाउँपालिकाको गाउँसभा बहिष्कार

हेटौंडा । बागमती गाउँपालिकाको गाउँसभा उपाध्यक्ष फणिन्द्र तिमल्सिनासहित ४ वडाध्यक्षले बहिस्कार गरेका छन् । गाउँपालिका अध्यक्षले मनोमानी ढंगले बजेट ल्याएको, वडालाई बजेट सिलिङ उपलब्ध नगराएको भन्दै उपाध्यक्ष र वडाध्यक्षहरुले गाउँसभा बहिष्कार गरेको बताएका हुन् ।
नीति तथा कार्यक्रम र बजेटप्रति उपाध्यक्ष र केही वडा अध्यक्षले असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष तिमल्सिना र वडाध्यक्षले असन्तुष्टि जनाएका हुन् । उनीहरूले गाउँपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका थिए भने हेटौंडामा पत्रकार सम्मेलन समेत गरेका थिए ।
गाउँपालिका अध्यक्ष घलान र प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले एकलौटी र मनलाग्दी गरेको उनीहरूको आरोप छ । गाउँपालिकाका अध्यक्ष घलानले भने बजेट निर्माणको प्रक्रियामै रहेको र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा बजेटको कुरा गरेर विरोध गर्नु उचित नभएको उनीहरुले बताए । प्राथमिकता पहिचान गरेर योजना छनोट गर्ने विषयगत समितिहरू मार्फत योजना तर्जुमा गर्ने प्रक्रिया जारी रहेको उनीहरूको भनाई छ ।
बजेट वक्तव्य ल्याउने अघिल्लो दिन आइतबार नै प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाका उपाध्यक्ष तिमल्सिनाको नेतृत्वले नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै असन्तुष्टि जनाएका थिए । नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भए बमोजिम उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य हक अधिकारमा प्रत्यक्ष हस्तक्षेप गरी नीति तथा कार्यक्रम ल्याएकोमा उनीहरुले आपत्ति जनाएका छन् ।
उपाध्यक्ष तिमल्सिनासहित ६ नम्बर अध्यक्ष टेकबहादुर डिम्डुङ, ७ का अध्यक्ष उत्तरबहादुर भोलन, ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना र ९ का अध्यक्ष पुनराम घलान तथा कार्यपालिका सदस्य डम्बरबहादुर विकले गाउँपालिकाको नीति कार्यक्रमप्रति असन्तुष्टि जनाएका हुन् ।
बजेटमा उपाध्यक्षलाई समेत सिलिङ बजेट राखिनुपर्ने, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यको हक अधिकारमा हस्तक्षेप गर्न नहुने लगायतका माग राखिएको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया