उपाध्यक्ष तिमल्सिनासहित ४ वडाध्यक्षद्वारा बागमती गाउँपालिकाको गाउँसभा बहिष्कार

हेटौंडा । बागमती गाउँपालिकाको गाउँसभा उपाध्यक्ष फणिन्द्र तिमल्सिनासहित ४ वडाध्यक्षले बहिस्कार गरेका छन् । गाउँपालिका अध्यक्षले मनोमानी ढंगले बजेट ल्याएको, वडालाई बजेट सिलिङ उपलब्ध नगराएको भन्दै उपाध्यक्ष र वडाध्यक्षहरुले गाउँसभा बहिष्कार गरेको बताएका हुन् ।
नीति तथा कार्यक्रम र बजेटप्रति उपाध्यक्ष र केही वडा अध्यक्षले असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष तिमल्सिना र वडाध्यक्षले असन्तुष्टि जनाएका हुन् । उनीहरूले गाउँपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका थिए भने हेटौंडामा पत्रकार सम्मेलन समेत गरेका थिए ।
गाउँपालिका अध्यक्ष घलान र प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले एकलौटी र मनलाग्दी गरेको उनीहरूको आरोप छ । गाउँपालिकाका अध्यक्ष घलानले भने बजेट निर्माणको प्रक्रियामै रहेको र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा बजेटको कुरा गरेर विरोध गर्नु उचित नभएको उनीहरुले बताए । प्राथमिकता पहिचान गरेर योजना छनोट गर्ने विषयगत समितिहरू मार्फत योजना तर्जुमा गर्ने प्रक्रिया जारी रहेको उनीहरूको भनाई छ ।
बजेट वक्तव्य ल्याउने अघिल्लो दिन आइतबार नै प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाका उपाध्यक्ष तिमल्सिनाको नेतृत्वले नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै असन्तुष्टि जनाएका थिए । नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भए बमोजिम उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य हक अधिकारमा प्रत्यक्ष हस्तक्षेप गरी नीति तथा कार्यक्रम ल्याएकोमा उनीहरुले आपत्ति जनाएका छन् ।
उपाध्यक्ष तिमल्सिनासहित ६ नम्बर अध्यक्ष टेकबहादुर डिम्डुङ, ७ का अध्यक्ष उत्तरबहादुर भोलन, ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना र ९ का अध्यक्ष पुनराम घलान तथा कार्यपालिका सदस्य डम्बरबहादुर विकले गाउँपालिकाको नीति कार्यक्रमप्रति असन्तुष्टि जनाएका हुन् ।
बजेटमा उपाध्यक्षलाई समेत सिलिङ बजेट राखिनुपर्ने, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यको हक अधिकारमा हस्तक्षेप गर्न नहुने लगायतका माग राखिएको छ ।
















लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया