विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल

काठमाडौँ । बलिउड अभिनेत्री अमिषा पटेलले आफु विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् ।
सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिदै ४९ बर्षिय अभिनेत्री पटेलले फ्यानका धेरै प्रश्नको रोचक जवाफ दिदै आफु धेरै दिनदेखि विवाहको लागि तयार रहेको र अहिलेसम्म केटा फेला नपरेको बताएकी हुन् ।
उनलाई एक फ्यानले सलमान खान पनि अहिलेसम्म अविवाहित रहेको उनैसँग विवाह गर्न सुझाव दिएका छन् । सो प्रश्नको जवाफमा पटेलले भनिन्- , ‘सलमान र म अविवाहित छौं, त्यसकारण हामीले बिहे गर्नुपर्छ जस्तो लाग्छ ? यसमा औचित्य के छ ? उनीहरु फिल्मको कुरा गर्दैछन् कि वास्तविक विवाहको ?’
सन् २००० मा अभिनेता ऋतिक रोशनसँग सुपर हिट फिल्म कहो ना प्यार है बाट बलिवुडमा डेभ्यु गरेकी थिइन् । उनले त्यसपछि गदर र गदर-२ जस्ता सुपर हिट फिल्ममा काम गरेकी छन् ।
उनले फ्यानहरुसँग कुरा गर्दै आफ्नो नयाँ फिल्म ‘हमराज’ को सिक्वेलको बारेमा पनि कुरा गरेकी थिइन् । साथै उनले ‘गदर ३’ को अफर आयो भने स्क्रिप्ट मन पर्यो भने काम गर्ने बताएकी छन् ।









सिकारीको बन्दुक पड्किँदा…
महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया