टी-२० विश्वकप
बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, बाहिरियो अस्ट्रेलिया

काठमाडौँ । अफगानिस्तान आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टको किङ्सटाउन मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई डकवर्थ एण्ड लुइस (डीएलएस) पद्धतिका आधारमा आठ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ।
यसखेलसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीको समीकरण पूरा भएको छ । सुपर आठको पहिलो समूहबाट भारत शीर्ष र अफगानिस्तान दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेका छन् भने दोस्रो समूहबाट दक्षिण अफ्रिकाका शीर्ष र इङ्ग्ल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन् । अष्ट्रेलिया भने सुपर-८ बाटै बाहिरिएको छ ।
आजको खेलमा अफगानिस्तानले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय पाँच रनमा समेटियो । बङ्गलादेशका ओपनर लिटन दासले ५४, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए ।
अफगानिस्तानका लागि कप्तान राशिद खान र नवीन उल हकले समान चार÷चार विकेट लिए भने फजलहक फारुकी र गुलबदिन नाबीले समान एक/एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले सर्वाधिक ४३ रनको योगदान दिए भने कप्तान राशिद खानले १९ रन जोडे । त्यसैगरी इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० तथा करिम जन्नतले ७ रन बनाए ।
बङ्गलादेशका लागि रिशाद होसैनले तीन विकेट लिँदा तस्किन अहमेद र मुस्ताफिर रहमानले समान एक/एक विकेट लिए ।
सेमिफाइनलको पहिलो खेल यही असार १३ गते अफगानिस्तान र दक्षिण अफ्रिकाबीच नेपाली समयअनुसार विहान ६ः१५ बजे हुनेछ भने दोस्रो खेल सोही दिन राति ८ः१५ बजे भारत र इङ्ग्लयाण्डबीच हुनेछ आइसिसीले जनाएको छ ।
११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो । अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ ।
अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ ।
















आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया