एक्ली बहिनी सोनाक्षीको विवाहमा किन आएनन् दुबै दाजु ?

काठमाडौं । वलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जहीर इकबालले २३ जुनमा मुम्बईमा विवाह गरे ।
कानुनी विवाह गरेका उनिहरुले आइतबार भव्य रिसेप्शन दिएका थिए । जहाँ परिवारका सदस्यहरू र फिल्म क्षेत्रका धेरैजसो उपस्थित थिए। तर, सोनाक्षीका दाइ लभ सिन्हा र कुश सिन्हा विवाहमा सहभागी भएनन्।
एक्ली बहिनी सोनाक्षीको विवाहमा दाजुहरुको अनुपस्थितिले सबैलाई आश्र्चयचकित पारेको थियो । अभिनेत्रीका दाइहरू यो विवाहमा खुसी नभएको धेरैले अड्कलबाजी समेत गरे ।
यसबारे सोध्दा दुईमध्य एक दाजु लवले आफ्नो प्रतिक्रिया दिएका छन् । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भने, ‘कृपया मलाई एक वा दुई दिनकाे समय दिनुहोस्। म निश्चित रूपमा तपाइँका प्रश्नहरूको जवाफ दिनेछु।’
यसअघि सोनाक्षीको विवाहको खबर मिडियामा आएपछि लवले एक अन्तर्वार्तामा आफूलाई यसबारे कुनै जानकारी नभएको बताएका थिए । उनी मुम्बई बाहिर छन् ।
दुवै दाजुभाइको अनुपस्थितिमा अभिनेता साकिब सलीमले विवाह संस्कार सम्पन्न गरेका थिए । सामान्यतया यो अनुष्ठान दाजुभाइहरूद्वारा गरिन्छ ।
















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया