बिहीबार, माघ २९, २०८२

अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ

मेरोन्यूज २०८१ असार ११ गते २०:३०

रौतहट । रौतहटको कटहरिया नगरपालिका स्थित लालबकैया नदी बाट अबैध रुपमा उत्खनन गरी बालुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीनवटा ट्याक्टर लाई चालक सहित नियन्त्रणमा लिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माको कमाण्डमा अस्थाई प्रहरी चौकी छेदी चौक समेतको टोलीले अबैध बालुवा ल्याइरहेको तीनवटा ट्याक्टर र चालकहरु लाई नियन्त्रणमा लिएको हो। ना७ त ३३८० ,ना७ त ५६६३ ना७ त ९४१९ नम्बरको ट्याक्टर र चालकहरु गुजरा नगरपालिका ४ पाेखरभिन्डाका सकलु माझी, वडा ६ बेदौलिका दिपेश कुमार यादव र कटहरिया १ भासेढवाका सुकेश यादव लाई नियन्त्रणमा लिएको सई शर्माले बताएका छन।

बरामद गरिएको तीनवटै ट्याक्टर ईलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको तथा चालक तीनैजना लाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर पठाईएको उनले जानकारी दिएका छन।

उता रौतहट प्रहरी प्रमुख एस्पी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै असार लागेपछि नदी खोला उत्खननमा प्रतिबन्ध भएको जानीजानी अटेरी गरेका तीनैजना चालक माथि केही अभद्र ब्यवहार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन ।

प्रतिक्रिया