नेपाल-चीन परामर्श संयन्त्रको बैठकमा के-के विषयमा भयो छलफल?

काठमाडौं । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक काठमाडौंमा सम्पन्न भएको छ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका परराष्ट्र सचिव सेवा लम्साल र चीनका उपविदेशमन्त्री सुन वेइडोङले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
बैठकमा दुवै पक्षले द्विपक्षीय सम्बन्धका समग्र पक्षको समीक्षा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
बैठकमा नेपाल र चीनबीच यसअघि भएका सम्झौताहरू कार्यान्वयनका लागि भएको प्रगतिको बारेमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ।
दुवै प्रतिनिधिमण्डलका प्रमुखले शान्तिपूर्ण सहअस्तित्व, पञ्चशीलको सिद्धान्त, आपसी विश्वास, सद्भावना र समझदारी कायमै रहेको बताएका थिए।
उपविदेशमन्त्री सुनले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।
बैठकमा व्यापारका क्षेत्रमा सहयोग अभिवृद्धि, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका अन्य क्षेत्रमा सहयोग गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया