भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद
मेरोन्यूज
२०८१ असार १२ गते १७:३७

सिरह । सिरहा जिल्लाको सिरहा नगरपालिका–१५ बुधौरास्थित सीमा ईलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
असार ११ गते राती १२ वटा साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको फौजले बरामद गरेको हो ।
बरामद मदिरामा विभिन्न ब्राण्डको ह्विस्की र बियरसहित साना ठूला गरी १ हजार ४२ वटा बोतल र सोफी ब्राण्डको ६० कार्टुन रहेको छ ।
मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समुह र सशस्त्र प्रहरी बीच खोसाखोस हुँदा करीव १ सय बोतल मदिरा फुटेर नष्ट भएको छ । बरामद मदिरा तथा साईकल आवश्यक कारवाहीको लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाईएको छ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया