विश्वकप क्रिकेट : रोकियो वर्षा, भारतले पहिले ब्याटिङ गर्दै

काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ ।
गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाली समय अनुसार राति सवा आठ बजे खेल सुरु हुने भनिएपनि वर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन सकेन । क्रिकइन्फोका अनुसार वर्षा रोकिएपछि अहिले गुयनाको मौसम सफा छ ।
भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।
सन् २०१४ यता भारत पहिलो उपाधिको खोजीमा छ । यो विश्वकपसँगै भारतका कयौँ स्टार खेलाडीहरू बिदा हुँदैछन् । यस पटक भारत उपाधिको लामो खडेरी तोड्न फाइनल यात्रा तय गर्ने दाउमा छ ।
भारतका लागि गर या मरको अवस्थामा रहेको यो खेलले सन् २०२२ को सेमिफाइनल याद दिलाउँछ । त्यसबेला भारतलाई इङ्ल्यान्डले हराएको थियो ।
वर्षाबीच पनि भारत र इङ्ल्यान्डका हजारौँ दर्शक स्टेडियम पुग्दैछन् । गुयानाको प्रोभिडेन्स स्टेडियममा हुन लागेको यो खेलको विजेताले आगामी जुन २९ मा उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया