विश्वकप क्रिकेट : रोकियो वर्षा, भारतले पहिले ब्याटिङ गर्दै

काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ ।
गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाली समय अनुसार राति सवा आठ बजे खेल सुरु हुने भनिएपनि वर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन सकेन । क्रिकइन्फोका अनुसार वर्षा रोकिएपछि अहिले गुयनाको मौसम सफा छ ।
भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।
सन् २०१४ यता भारत पहिलो उपाधिको खोजीमा छ । यो विश्वकपसँगै भारतका कयौँ स्टार खेलाडीहरू बिदा हुँदैछन् । यस पटक भारत उपाधिको लामो खडेरी तोड्न फाइनल यात्रा तय गर्ने दाउमा छ ।
भारतका लागि गर या मरको अवस्थामा रहेको यो खेलले सन् २०२२ को सेमिफाइनल याद दिलाउँछ । त्यसबेला भारतलाई इङ्ल्यान्डले हराएको थियो ।
वर्षाबीच पनि भारत र इङ्ल्यान्डका हजारौँ दर्शक स्टेडियम पुग्दैछन् । गुयानाको प्रोभिडेन्स स्टेडियममा हुन लागेको यो खेलको विजेताले आगामी जुन २९ मा उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया