भोलिदेखि महिलाको टोली गन्जला चुलीको आरोहणमा निस्कने

काठमाडौं । २७ जना महिला आरोहण टोलीले शनिबारदेखि सिन्धुपाल्चोकको पाँचपोखरी थाडपाल गाउँपालिकामा रहेको गन्जला चुली (कांगा) को आरोहण सुरु गर्ने भएको छ । पाँंच हजार आठ सय ६३ मिटरको आरोहणका लागि उनीहरु त्यसतर्फ प्रस्थान गरिने शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी गराइएको छ । आरोहण अवधि दुुई हप्ताको रहने जनाइएको छ ।
सन् २००८ मा १० जना समोवशी नेपाली महिला समुहले विश्वको उच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थियो । त्यसै आरोहणका समुहका सात सदस्यहरु सन् २०१० देखि क्रमशः विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण अभियान शुरु गरेको थियो । सन् २०१४ मा सबै शिखरहरुको सफलताका साथ आरोहण सम्पन्न गरी यो टोली विश्वकै पहिलो महिला टोली बन्न सफल भएको थियो ।
यसपश्चात यही टोलीले विश्व समावेशी साहसी संस्थामार्फत शिक्षा, वातावरण र सशक्तिकरणमा विभिन्न कार्यक्रम गर्दे आइरहेको जनाइएको छ । यसै अन्र्तगत हिमाली वातावरण संरक्षण र सशक्तिकरणमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यसै अन्र्तगत हिमाली वातावरण संरक्षण तथा सरसफाई, पीछडिएका महिला तथा बेचविखनका परेका र जोखिममा रहेका किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकास जस्ता कार्यक्रम गर्दै आएको टोलीमा सहभागी एकजना आरोही कल्पना महर्जनले बताइन् ।
यसै अन्र्तगत हिमाली वातावरण संरक्षण तथा सरसफाई पीछडिएका महिला तथा बेचविखनमा परेका र जोखिममा रहेका किशोरहरुलाई शिक्षा, सिप र आत्मनिर्भताका लागि नेतृत्व विकास कार्यक्रम विगत दुई वर्षदेखि सिन्धुपाल्चोक र काठमाडमौं ७ वटा सेन्टरहरुबाट फिमेल लिडरसिप एकाडेमी कार्यक्रमहरुमध्ये किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकासमा जस्ता कार्यक्रम गर्दै आएको उनले बताइन् ।
उक्त कार्यक्रमहरुमध्ये किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकास कार्यक्रम विगत दुई वर्षदेखि सिन्धुपाल्चोक र काठमाडौंका ७ वटा सेन्टरहरुबाट फिमेल लिडरसिप एकाडेमी कार्यक्रमअन्तर्गत संचालन भइरहेको छ । नेपाल पर्यटनको लागि आकर्षक गन्तब्य भएको र यसको उचित पहिचान र स्थानीयलाई रोजगराीको प्रचुर सम्भावना र अवसर रहेकोले यस विश्व समावेशी साहसी संस्थाले शुरुवाती दिनहरुबाटै मानव स्रोतमा लगानी गर्दै आइरहेको जनाइएको छ । काठमाडौंबाट नजिक सिन्धुपाल्चोकमा प्रयाप्त पर्यटकीयस्थलहरु रहेको र यसलाई पनि पर्यटन गन्तब्य बनाई राािष्टय र अन्तराष्र्टिय रुपमा चिनाउने उद्देश्यले विभिन्न कामहरु भइरहेको जनाइएको छ ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
प्रतिक्रिया