नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ
मेरोन्यूज
२०८१ असार १४ गते २१:२९

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा काठमाडौंको बौद्धबाट पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी लामो समयदेखि फरार सूचिमा थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रतीक थापालाई पक्राउ गर्न ३१ वैशाख २०८० मै पुर्जी जारी गरिसकेको थियो । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिए पनि उनी फरार थिए ।
यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी तथा उनका छोरा सन्दीप रायमाझी जेल पुगेका थिए ।
जसमध्ये सन्दीप र पूर्वगृहमन्त्री खाँण छुटेका छन् । रायमाझी, राई र पाण्डे अझै पनि थुनामै छन् । जिल्ला र उच्च दुवै अदालतले उनीहरूलाई थुनामै राख्ने आदेश दिएकाे थियाे ।
सम्बन्धित
















‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया