निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुको अपिल

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यतालगायत विवादको समाधान गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासङ्घका पूर्वसभापतिहरुले अपिल गरेका छन् ।
नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिहरूले आज वक्तव्य जारी गर्दै महासङ्घका अध्यक्षसहित केन्द्रीय समितिलाई ध्यानाकर्षण गराएका हुन् ।
पूर्वसभापतिहरुले नेपाली पत्रकारको साझा र भरोसायोग्य संस्था पत्रकार महासङ्घभित्र पछिल्लो केही दिनयताका काम कारबाही र गतिविधिप्रति गम्भीर चिन्ता र चासो व्यक्त गरेका हुन् ।
वक्तव्यमा भनिएको छ, “महासङ्घको साख र मर्यादा कायम गर्न पूर्वसभापति र अध्यक्षहरू आवश्यक सहजीकरण गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था रहेको महासङ्घको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयमा तालाबन्दी र हुलहुज्जत हुनु दुर्भाग्यपूर्ण र आपत्तिजनक रहेको वक्तत्व्यमा उल्लेख छ ।
नेपाल पत्रकार महासङ्घका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र पार्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासङ्घका वर्तमान कार्यसमितिलाई पूर्वपदाधिकारीहरुले अपिल गरेका छन् ।
अपिल गर्ने पूर्वसभापतिहरुमा किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँले रहेका छन् ।














प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया