मंगलबार, वैशाख ९, २०८२

निगमले बढायो पेट्रोलियम पदार्थको मुल्य

मेरोन्यूज २०८१ असार १७ गते ७:०७

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । गएराती देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ ।

यो मुल्य वृद्धिसँगै  काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।
 

प्रतिक्रिया