काठमाडौंका २ विद्यालयबाट बालबालिका र वातावरण परियोजना सुरु

काठमाडौं । एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाडौंको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिक रुपमा सुरु गरेको छ ।
काठमाडौं महानगरपालिका (कामनपा), शहरी योजना आयोग र विद्यालयका प्रतिनिधिहरूकोे उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । काठमाडौं महानगरपालिकाले यस परियोजनाद्वारा यहाँका सरकारी शैक्षिक संस्थाहरुलाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ ।
परियोजनामा सहभागी विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ्ग, पुनः प्रयोग, अप साइकलिङ्ग, र फोहोरको वर्गीकरण जस्ता विविध विषयहरुको ज्ञान प्रदान गरिनेछ । उनीहरुलाई वातावरणीय समस्याहरु, वातावरण संरक्षणमा हाम्रो जिम्मेवारी जस्ता ज्ञान प्रदान गर्नु नै यस परियोजनाको मूख्य उद्देश्य हो ।
कार्यशालामा एकिकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक, नविन विकास महर्जनले बाबा परियोजनाबारे जानकारी दिए ।
परियोजनाकी संयोजक, समिक्षा भट्टराईले कार्यक्रमको उद्देश्य, कार्यविधि, गतिविधि र अपेक्षित नतिजाहरुको बारेमा बताइन् ।
यो परियोजनालाई कामनपा वडा नं २२ मा रहेको हिमालय मावि र कामनपा वडा नं १२ मा रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ ।
शहरी योजना आयोग (शिक्षा) का श्री शैलेन्द्र झाले भने “पहिले बाबा कार्यक्रमलाई कामनपाको वातावरण व्यवस्थापन विभागको कम्युनिटी मोबिलाइजेसन युनिट अर्थात सीएमयूद्वारा परिचालन र कार्यान्वयन गरिएको थियो ।
बाबा कार्यक्रमलाई पुनर्जीवित र एकीकृत गर्ने उद्देश्यले एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेड बिच भएको सहकार्यबाट हामी निकै खुसी छौँ । यस सहकार्यले महानगरको ‘बुक फ्री फ्राइडे’ पहलको समर्थन गर्ने कुरा पनि निकै प्रशंशायोग्य छ ।”
















दार्चुलाको तपोवन आसपास केन्द्रबिन्दु बनाएर भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
प्रतिक्रिया