प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त
मेरोन्यूज
२०८१ असार १८ गते १७:१५

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा रिक्त सचिव पदमा सुरेश अधिकारी नियुक्त भएका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिव पदमा नियुक्त गरेका हुन् । पूर्वसचिव अधिकारीलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए ।
प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि सो पद रिक्त थियो ।

सम्बन्धित
प्रतिक्रिया