अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेकाे छ ।
कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापनीस्थित अछाम होटेलबाट सोही ठाउँ बस्ने ३१ वर्षीया दीपा बिष्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ अस्पताल लाईनस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पवन गुप्तालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-४ पत्रङबारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार २ सय ८३ क्याप्सुल, स्पास्मो प्रोक्सिभन ३ क्याप्सुल, कोलिबान १ सय ४८ ट्याब्लेट र नगद ४६ हजार ५० रुपैयाँ सहित सोही ठाउँ बस्ने ३३ वर्षीय खेम रानामगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
साथै धरान उपमहानगरपालिका-१५ देउराली पथ डेरा गरी बस्ने संखुवासभा मादी मुलखर्क घर भएका २६ वर्षीय सुरज देवानको कोठाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ९० ट्याब्लेट, ट्रामाडोल २ हजार २ सय ८० क्याप्सुल, स्पास्मो प्रोक्सिभन १ सय ४० क्याप्सुल र गाँजा २ केजी सहित देवान र उनका साथी धरान उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय युनिसेस राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया