राष्ट्रियसभाः ‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको बताएका छन् ।
सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँहरूले कृषि क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई उकास्न सकिने धारणा राखे ।
सांसद वामदेव गौतमले कृषिको व्यावसायिकीकरणबाट नै मुलुकमा व्याप्त बेरोजगारीको समस्या समाधान गर्न सकिने बताए । नेपालको कृषि भूमि राष्ट्रियकरण गरी सो जग्गामा जडीबुटी, फलफूल, तरकारी तथा पशुपालन व्यवसाय सञ्चालन गर्न सुझाव दिँदै उहाँले अन्तर्राष्ट्रिय तथा घरेलु व्यापारबाट मनग्य आम्दानी गर्न सकिने धारणा राखे । किसानका उत्पादन बिक्रीको सुनिश्चितताका साथै प्रत्येक पालिकाको केन्द्रमा अत्याधुनिक बजार विकास गर्न बजेट विनियोजन हुनुपर्नेमा उनले जोड दिए ।
सांसद झक्कुप्रसाद सुवेदीले कृषि र सिँचाइलाई एक ठाउँमा राखेर मन्त्रालयको पुनःसंरचना गरिनुपर्नेमा जोड दिए। आगामी दशकलाई कृषि दशक घोषणा गरिनु यस क्षेत्रका लागि सकारात्मक भएको उल्लेख गर्दै उनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणबाट मात्रै उत्पादन वृद्धि गर्न सकिने बताए ।
“कृषिको विशेष क्षेत्र घोषणा मात्र होइन, यस क्षेत्रमा बजेट बढाएर लैजानुपर्छ । कृषि बाली, फलफूल, तरकारी, पशु तथा माछापालनका लागि पर्याप्त बजेट विनियोजनसहित विशेष कार्यक्रम अघि बढाउनुपर्छ । सिँचाइ कृषिसँग जोडिएको छ, भरपर्दो सिँचाइ प्रणालीको विकास गरी उत्पादनमा जोड दिने नीति लिनुपर्छ”, सांसद सुवेदीले भने।
सांसद भगवती न्यौपानेले सङ्घीयताको मर्म र भावनाअनुसार बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो । “सङ्घले ठूला ‘गेम चेन्जर’ आयोजना सञ्चालन गर्ने हो । प्रदेशले मझौला र स्थानीय तहले साना आयोजनामा बजेट विनियोजन गर्नुपर्छ”, उनले भने ।
सांसद न्यौपानेले प्रत्येक निर्वाचन क्षेत्रमा बढीमा चारवटा आयोजनालाई सङ्घीय सरकारबाट बजेट विनियोजन गर्न सुझाव दिए । “जिल्लाको मुहार बदल्ने तथा धेरै नागरिकले लाभ लिने आयोजनालाई मात्र सङ्घले बजेट विनियोजन गर्नुपर्छ”, उनले भने ।
सांसद मोहम्मद खालिदले बजेटको समुचित विनियोजन हुन नसकेको उल्लेख गर्दै मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रका आयोजना मात्र सीमित भएका टिप्पणी गरे । मधेस प्रदेशलाई कृषिको विशेष क्षेत्र घोषणा गरिनु सुखद् भए पनि कार्यान्वयन कार्ययोजनाका बारेमा स्पष्ट नीति नहुँदा समस्या हुने उहाँको भनाइ छ । “चुरे संरक्षण गरेर तराई मधेस क्षेत्रमा देखिएको पिउने पानी तथा सिँचाइको समस्या समाधान गर्नुपर्छ”, उनले भने ।
सांसद गोपीबहादुर सार्की अछामीले वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप र ज्ञानको प्रयोग गरी समृद्धि हासिल गर्ने योजना सकारात्मक रहेको बताए । कृषिको व्यावसायिकीकरण, आधुनिकीकरण र बजारीकरण गर्नेलगायत बजेटमा समावेश गरिएका विषय प्रंशसनीय रहेको उनको भनाइ छ ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया