शुक्रबार, फागुन ८, २०८२

पर्सामा हत्यामा संलग्न ३ जना पक्राउ

मेरोन्यूज २०८१ असार २० गते १०:२५

वीरगंज । पर्सा प्रहरीले बाराका २ जना ब्यक्तिको हत्यामा संलग्न ३ जना लाई पक्राउ गरेको छ ।  पर्साको जगरनाथपुर गाँउपालिका वडा नं १ बिसुनपुर्वामा भारतसँग सिमा जोडिएको दशगजामा शव भेटिएको थियो । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं ५ बस्ने घटनाको मुख्य योजनाकार ३३ वर्षिय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाँउपालिका वडा नं ५ बस्ने मुख्य योजनाकार ३२ वर्षिय सन्तोष प्रसाद कुम्हार र त्यहीँ वडाको धर्मपुर बस्ने ४५ वर्षिय महादेव महतो नुनिया रहेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

मुख्य योजनाकार भनिएका हरुलाई प्रहरीले वीरगन्ज महानगरपालिका वडा नं १५ भिस्वाबाट पक्राउ गरेको हो भने नुनियालाई उनको घरबाट पक्राउ गरिएको हो। तिनै जनालाई १८ गते मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

गत जेष्ठ २९ गते मंगलबारका दिन जगरनाथपुरको ओरिया खोलाको किनारमा नेपाल भारत सिमानाको दशगजाभन्दा ८० मटिर नेपालको सिमाभित्र उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा दुर्गन्धित अवस्थामा बारा कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने ६० वर्षीय रामएकवाल पण्डित कुम्हार र आदर्शकोतवाल गाउँपालिका वडा नं ७ घर भई कलैया बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको शव फेला परेको थियो।

घटनाको सुक्ष्म अध्ययन

सोको, फारेंसिक डाक्टर र तालिम प्राप्त कुकुर सहितको अनुसन्धान बिशेषज्ञ टोलीले वारदातस्थलबाट कानून बमोजिमको सम्पुर्ण कार्य पुरा गरि लाश पोष्टमार्टमको लागी नारायणी अस्पताल बिरगन्ज पठाए पश्चात बिभिन्नकोणबाट घटनाको शुक्ष्म अनुसन्धान शुरु गरिएको थियो। अनुसन्धानको क्रममा प्राविधिक बिश्लेषण तथा सुक्ष्म अनुसन्धान गर्दा पारिवारीक रिसईबी तथा जग्गा जमिनको विवादको बिषयलाई लिएर योजनाबद्ध तरिकाले हत्या भएको कुरा खुल्न आएको हो ।

यसरी घटाइएको थियो घटना

घटना घटाउने मुख्य योजनाकारले हत्याको पुर्ण योजना बनाई मृतकहरुलाई झारफुक एवम धामी झाँक्रीको काम रहेको भन्ने बिश्वासमा पारी बारा जिल्लाबाट दुबै मृतकलाई घटना स्थल सम्म बोलाएका थिए। हत्याको लागि योजनाकारले निश्चित व्यक्तिलाई ८ लाख रुपैया दिएर (सुपाडी) हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ। मृतकहरु जेष्ठ २५ गते शुक्रवार साँझ सवा ६ बजेको समयमा बारा जिल्लाको आफ्नो निज निवासबाट बसमा चडी पर्साको प्रतिमा चोकमा झरी प्रतिमा चोकबाट पावर हाउस चोकमा आई पवार हाउस चोकबाट विन्दवासिनी (केहुनीया) जाने गाडी चडी बिन्दाबासीनी चोकमा झरेका थिए।

त्यस्तै उक्त चोकबाट घटनामा संलग्न एक जना मानिसले दुबै झाक्रीलाई मोटरसाइकलमा चढाइ बहुअर्वाभाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पुऱ्याई उक्त स्थानबाट नहरको बाटो हुँदै जगरनाथपुर गाँउपालिका वडा नं. १ बिसुनपूर्वा ओरिया खोलामा लगि मृतकहरुको साथमा भएकै गाम्छाले घाटी बाँधी दुबै जनाको घाटी थिची हत्या गरेको र मृतकको शवलाई घटना घटाएको स्थान नजिकै ओरीया खोला तटमा शव गाडिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उक्त घटनामा संलग्न योजनाकार सहितको ३ जना व्यक्तिहरु हाल पक्राउ गरिएपनि अन्य संलग्न संकित व्यक्तिहरुको पहिचान भईसकेको र निजहरुको खोजि कार्य भइरहेको प्रवक्ता भारतीले बताए। पक्राउ परेका व्यक्तिहरू माथि कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया