ईयूको सहयोगमा क्रिएसनद्धारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा

काठमाडौं । यूरोपियन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान रकम दिने भएको छ ।
यूरोपिएन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन प्रदेशका ६ निजी प्लास्टिकजन्य फोहोरमैला उद्यम सञ्चालन गरी रहेका संस्थालाई प्रदान गरिने परियोजनाका प्रमुख युनिस घिमिरले जानकारी दिए । बागमती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी जम्मा ६ प्लास्टिकजन्य फोहोरमैला उद्यम सन्चालन गरीरहेका निजी संस्थालाई मूल्याकंनका आधारमा उक्त अनुदान प्रदान गरिने उनले बताए । छनौट भएका प्रति उद्यमलाई २० लाखका दरले अनुदान रकम प्रदान गरिनेछ ।
प्लास्टिकजन्य फोहोरमैला संकलन तथा व्यवस्थापन क्षेत्रमा काम गरीरहेका संस्थाहरुलाई शसक्त बनाउने उदेश्यले यो अनुदान प्रदान गर्न लागिएको हो । प्राप्त अनुदान रकमबाट संस्थाले आफनो क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार तथा मिसिनरी उपकरणहरु खरिद गर्न सक्नेछन्, उनले भने ।
क्रिएसन नेपालका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले यस अनुदानले प्लास्टिकजन्य फोहोरमैला क्षेत्रमा काम गर्ने निजी उद्यमीहरुलाई संस्थागत र प्राविधिक क्षमता अभिवृद्धि गर्न ठुलो सहयोग हुने विश्वास व्यक्त गरे । स्टार्टअपको लागि सम्भवतः निजी स्तरमा पहिलो पटक यति धेरै राशीको अनुदान रकम प्रदान गर्न लागिएको उनले बताए ।
निजी संस्थाहरुले अनुदानका लागि परियोजनाद्धारा जारी गरिएको अनुदान निर्देशिकाको पूर्ण पालना गरी प्राप्त ढाँचाको आधारमा आआफनो संस्थाको विवरण सहित अनुदान प्राप्त गरेको खण्डमा सन्चालन गरिने विभिन्न क्रियाकलापको विस्तृत जानकारी सहित निवेदन फारम भर्नुपर्ने उनले बताए ।
अनुदान निर्देशिका अनुसार प्रारम्भमा प्राप्त भएका निवेदन फारमलाई मूल्याकंन गरी पहिलो चरणमा १० उत्कृष्ट फारमलाई छनौटगरी उनीहरुलाई अभिमुखिकरण तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिनेछ । त्यसपछि छनौट भएका १० उत्कृष्ट उद्यमीहरुले पूर्ण प्रस्तावना पेश गर्नुपर्ने हुन्छ, उक्त प्रस्तावनालाई मूल्याकंन टीमले गहिरो अध्ययन पश्चात त्यसमध्ये ६ टीमलाई अनुदानका लागि अन्तिम छनौट गर्नेछ । अनुदानका लागि अन्तिम छनौट भएका संस्थाले किस्तावन्दीमा उक्त अनुदान रकम प्राप्त गर्नेछ । अनुदान प्राप्त गर्ने उद्यमीले परियोजना कार्यान्वयन गर्दै जाँदा प्रगतिविवरण सहित खर्च विवरणको पारदर्शी रुपमा समय समयमा नियमित रिर्पोटिङ गर्नुपर्नेछ ।
क्रिएसन नेपालले ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि तीन प्रदेशको नौ स्थानीय तहमा विभिन्न क्रियाकलप सन्चालन गरीरहेको छ, । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन ।










निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया