शनिबार, पुष १२, २०८२

ढलान भत्किएर पुरिएकाहरुको सकुसल उद्धार

मेरोन्यूज २०८१ असार २१ गते १६:४७

सिन्धुपाल्चोक। ढलान भत्किएर पुरिएकाहरुको सकुसल उद्धार असार २१ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रो पावर कम्पनीको डि–सेन्टरमा स्ल्यााप ढलान गर्ने क्रममा ढलान भत्किएर पुरिएका कामदारहरुको सकुशल उद्धार गरिएको छ ।

पुरिएका मध्ये नाम वतन नखुलेका १० जनाको सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट तातोपानी सिन्धुपाल्चोकबाट खटिएको सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षाकर्मीले उद्धार गरेको हो ।

उद्धार गरिएका मध्ये एक जनालाई थप उपचारको लागि काठमाडौंतर्फ ल्याइएको छ भने पुरिएका अन्य २ जनाको खोजी कार्य जारी छ ।

प्रतिक्रिया