तिमीले पराई ठानेपछि, पराई हुन के भयो र : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा संवैधानिक बाध्यता नरहेको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको बताउदै यसअघिका विभिन्न नजिर, सर्वोच्च अदालतले गरेको व्याख्या अनुसार नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार बन्नेमा कुनै पनि शंका नरहेको जिकिर गरेका छन् ।
उनले भने- ‘नयाँ सरकार कसरी बन्छ भन्नेबारेमा माननीय ज्यूहरुले आ-आफ्ना दलिल पेश गर्नुभयो । म सुन्दैछु, बालुवाटारमा केही कानून व्यवसायीहरुले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिनु भएको छ । तर, सत्य के हो भने विभिन्न नजिरहरुले नयाँ सरकार संविधानको धारा ७६ को २ अनुसार बन्नेमा कुनैपनि अड्चन देखाएको छैन् ।’
सांसद बर्तौलाले एमालेका मन्त्रीहरुले राजीनामा दिन बालुवाटार जादा प्रधानमन्त्री प्रचण्डले गाएको गीत गाएको प्रसंग उल्लेख गर्दै भने- ‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गाउनु भएको थियो, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले- कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै,’ बर्तौलाले म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु भन्दै भने- तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया