दमक बहुमुखी क्याम्पसमा अक्षय कोष स्थापना

दमक । झापाको दमक बहुमुखी क्याम्पसमा शैक्षिक वृद्धिविकासमा सहयोग पु¥याउने उद्देश्यले रु एक लाख ५० हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरिएको छ ।
क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष रीता बस्नेत श्रेष्ठले स्वर्गीय ससुराबुवा इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा रु एक लाख ५० हजार पाँच सय ५५ को कोष स्थापना गरेकी हुन् ।
क्याम्पसका पूर्वकर्मचारी हरिकृष्ण तिम्सिनाले आफ्ना मातापिताको सम्झनामा रु ५१ हजार राशिको स्वर्गीय नरपति–विष्णुमाया तिम्सिना स्मृति अक्षय छात्रवृत्ति कोष स्थापना गरेको क्याम्पसका प्रशासन प्रमुख पदम घिमिरेले जानकारी दिए ।
क्याम्पसमा विभिन्न दाताहरुबाट हालसम्म एक दर्जनबढी अक्षय कोष स्थापना गरिएका छन् ।
क्याम्पसको वातावरण सेलले आइतबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी, वातावरण सेलका संयोजक वासुदेव काफ्ले, स्ववियु सचिव दीपक लिम्बू, स्ववियु सदस्य सञ्जय राई, क्याम्पसका प्राध्यापक, विद्यार्थीलगायतको उपस्थिति थियो ।
वृक्षरोपण कार्यक्रममा क्याम्पस परिसरमा विभिन्न प्रजातीका बिरुवा रोपिएका छन् ।










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रतिक्रिया