बुधबार, वैशाख १०, २०८२

विराटनगरमा १ युवकको हत्या, २ जना घाइते

मेरोन्यूज २०८१ असार २५ गते ११:५७

विराटनगर । विराटनगरमा एकजना युवकको हत्या भएको छ । सोमबार राति भएको उक्त घटनामा अन्य दुईजना घाइते छन् ।

मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकम नजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए । तीमध्ये कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो ।

सोही स्थानका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरुहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया