वर्षाको कारण डुवानमा परेकाहरुको उद्धार

काठमाडौं । वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायको समन्वयमा सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।
सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–८ गोईसारमा वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी जोखिम रहेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । साथै सो क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई इटहरी, नेपाली सेना, नेपाल प्रहरी तथा नगर प्रहरीसहितको टोलीले बाँध बाध्ने कार्य गरिरहेको छ ।
त्यसैगरी सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरको सुकुम्बासी बस्तीमा त्रियुगा नदिमा पानीको बहाव बढि डुवानमा परेका १६ घरपरिवारलाई सुरक्षा वेश फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ ।
यसैगरी झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित सुगाँबथानमा माई खोलामा पानीको बहाव बढि डुवानमा परेका १० घरपरिवारलाई बिओपी टागनडुब्बा र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ ।
यसैगरी सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला नदिमा पानी बहाव बढि नदिको बीच भागमा अड्किएका ५ जनाको सुरक्षा बेश कल्याणपुर र सुरक्षा सुरक्षा वेश दुवरकोटको टोलीले सकुशल उद्धार गरेको हो ।
यसैगरी काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा–कात्तिके सडक खण्डमा वर्षाको कारण अवरुद्ध सडक सशस्त्र प्रहरीले असार २५ गते सुचारु गरेको छ ।
सडक खण्डमा पर्ने खहरे ठाडो खोल्सामा आएको बाढिले एकतर्फी सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौजले दुवैतर्फ बाटो सुचारु गरेको हो ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया