अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित सुर्खेत, धनकुटा र मोरङबाट पाँच जना पक्राउ गरेको छ ।
सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१२ हरियाली टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका-७ घर भएका २६ वर्षीया राधिका बुढा र सुर्खेत बिरेन्द्रनगर नगरपालिका-३ बस्ने २८ वर्षीय संजय केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै धनकुटा, साँगुरीगढी गाउँपालिका-१० ताम्राङ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित साँगुरीगढी गाउँपालिका-९ सालुम बस्ने २६ वर्षीय लक्ष्मण राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले को.१९ प ९८७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङको लेटाङ नगरपालिका-६ सुकेचौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय अभिषेक मगर र २४ वर्षीय बाराक लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले अभिषेकको कोठा तलासी गर्दा उक्त पदार्थ सहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया