मंगलबार, चैत १०, २०८२

कर्णालीको वार्षिक खर्च ६० प्रतिशत

मेरोन्यूज २०८१ असार २५ गते २०:१३

कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा वार्षिक खर्च प्रगति ६०.३४ प्रतिशत गरेको छ । चालु आवमा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश सरकारद्वारा चालु आवका लागि विनियोजित कूल बजेटमा रु २० अर्ब १५ करोड ३९ लाख ७३ हजार एक सय ६२ (६०.३४ प्रतिशत) खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिए । जसमा चालुतर्फ नौ अर्ब ४५ करोड ८३ लाख २६ हजार सात सय ९७ (६८.३६) र पुँजीगततर्फ १० अर्ब ६९ करोड ५६ लाख ४६ हजार तीन सय ६५ (५४.६७ प्रतिशत) खर्च भएको उनले बताए ।

‘गत आव ०७९/०८० मा प्रदेश सरकारले ६७.५३ प्रतिशत वार्षिक खर्च प्रगति गरेको थियो,’ उनले भने, ‘चालु आवमा भने वार्षिक खर्च प्रगति करिब आठ प्रतिशतले घटेको छ । गत आवमा चालु खर्च ७२.४० प्रतिशत हुँदा चालु आवमा ६८.३६ प्रतिशत मात्र खर्च भएको छ ।’

नियन्त्रक मगरातीका अनुसार गत आवमा पुँजीगत खर्च प्रगति ६४.३२ प्रतिशत थियो । चालु आवमा ५४.६७ प्रतिशत मात्र भएको छ ।

चालु आर्थिक वर्षमा वार्षिक खर्च प्रतिशत कम हुनुमा १५ लाख मुनिका पूर्वाधार निर्माणका काम नहुनु, कर्णाली समृद्धि आयोजना कार्यान्वयनमा नआउनु, सांसद विकास क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अदालतमा मुद्दा पर्नु र केही हदसम्म कर्णालीमा जनशक्ति अभावलगायत कार रहेको उनले बताए ।

प्रतिक्रिया