कति छ आज विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०८१ असार २६ गते ८:१९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८२ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.४२ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.१७ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।

सम्बन्धित
प्रतिक्रिया