१ गतेदेखि हालसम्म गण्डकीमा विपद्मा परी ३८ जनाको मृत्यु

गण्डकी । यही असार १ गतेदेखि हालसम्म भएका मनसुन्य विपद्का घटनामा परी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ । बाढी पहिरोलगायत घटनामा ज्यान गुमाउनेमा २१ महिला र १७ जना पुरुष रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उक्त अवधिमा ८२ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा पहिरोमा परी १४ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार मनसुनी विपद्मा परी स्याङ्जामा सात, लजमुङमा पाँच, तनहुँमा चार, बागलुङमा तीन, म्याग्दीमा दुई, पर्वतमा दुई र नवलपुरमा एकजनाको मृत्य भएको हो ।
गए राति मात्र पहिरोका घटना परी कास्कीमा ११ र म्याग्दीमा दुईजनाको मृत्यु भएको थियो । मनसुनजन्य विपद्का घटनामा आठ महिला र १७ पुरुष गरी २५ जना घाइते र ७६ जना विस्थापित भएका प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले जानकारी दिए । “एकानब्बे पशुचौपाया र छ सय ९० पक्षीको मृत्यु भएको छ । विपद्का कारण झण्डै दुई करोड बराबरको भौतिक क्षति भएको छ”, उनले भने ।
सबैभन्दा बढी कास्कीमा २३ मनसुनजन्य विपद्का घटना भएका प्रहरी प्रवक्ता रेग्मीले बताए । सो अवधिमा गोरखा र मुस्ताङमा विपद्का घटना भएका छैनन् । उनका अनुसार स्याङ्जामा १२, पर्वतमा १०, नवलपुरमा छ, बागलुङमा चार, लमजुङ आठ, मनाङमा एक, म्याग्दीमा आठ र तनहुँमा आठ विपद्का घटना भएका छन् ।
यसैबीच, केही दिनयता निरन्तर वर्षा भइरहेकाले सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया