नयाँ सरकारको स्वागत सगैँ बढ्यो पेट्रोल-डिजेलको मूल्य
मेरोन्यूज
२०८१ असार ३१ गते २०:५२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँका दरले भाउ बढाएको हो ।
यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८।५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५७।५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्दछन् । बढेको मूल्य आजै राति १२ बजेपछि लागू हुनेछ ।

सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया