नयाँ सरकारको स्वागत सगैँ बढ्यो पेट्रोल-डिजेलको मूल्य
मेरोन्यूज
२०८१ असार ३१ गते २०:५२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँका दरले भाउ बढाएको हो ।
यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८।५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५७।५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्दछन् । बढेको मूल्य आजै राति १२ बजेपछि लागू हुनेछ ।

सम्बन्धित











रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
प्रतिक्रिया