आइतबार, मंसिर २८, २०८२

२६ महिनापछि सेयर बजारले नाघ्यो २३०० अंक

मेरोन्यूज २०८१ साउन १ गते १५:१९

काठमाडौं । मंगलबार शेयर बजार भारी अंकले बढेको छ । सरकार परिवर्तन भई अर्थमन्त्रीमा विष्णु पौडेलको आएसँगै शेयर बजारमा उछाल आएको हो।

आज नेप्से परिसूचक ७० दशलमव १८ अंकले बढेर २३१० को विन्दुमा कायम भएको छ । पछिल्लो २ वर्ष २ महिना पहिलोपटक नेप्सेले २३ सय विन्दु नाघेको हो । यसअघि अन्तिम पटक २०७९ वैशाख २९ गते २३५०.४२ को विन्दुमा पुगेको थियो ।

मंगलबार २३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै सिन्धु विकास बैंक बरुण हाइड्रो, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र मन्दकिनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया