बाराको कोल्हवीमा करोडौंको लागतमा एकीकृत भवन निर्माण हुँदै

रौतहट । बाराको कोल्हवी नगरपालिका स्थित करोडौंको लागतमा कृषि तथा पसु सेवाको लागि एकिकृत भवन निर्माण सुरु भएको छ ।
कोल्हवी १ स्थित कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माणका लागि मेयर राम प्रसाद चौधरी र उप-मेयर लक्ष्मी कुमारी चौधरीले सयुक्त रुपमा बिधिवत पुजा पाठ गरि उक्त भवनको शिलान्यास गरेका छन ।
आर्थिक करिडोर कार्यालय(रिड)वर्दिवास,महोत्तरीको २ करोड ३९ लाख ४२ हजार ७७४ रुपैया २७ पैसाको आर्थिक सहयोगमा उक्त भवन सि.एम कन्स्ट्रक्सन जोरपाटी काठमाडौले निर्माण गर्ने ठेक्का पाएको छ ।
करिडोरले आफ्नो तेस्रो चरणको भवन निर्माण अन्तरगत उक्त भवन निर्माण गर्न लागेको पशु सेवा कार्यालय कोल्हविका प्रमुख शम्भु पनुहरले जानकारी दिएका छन।
ठेकदार कम्पनीले आगामी ७ महिना भित्र भवन निर्माणको काम पूरा गर्ने सम्झौता गरेको छ। भवन निर्माण पछि कृषि र पशुको एउटै भवनबाट सेवा प्रवाह हुने भएकाले किसान तथा पशु पालकहरुलाई सहज हुने वडा १ का अध्यक्ष राजहरण चौधरीले खुसी व्यक्त गरेका छन् ।











प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर
फागुन २१ गतेको निर्वाचन कांग्रेसको पहिलो प्राथमिकता : सभापति देउवा
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया