सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण
मेरोन्यूज
२०८१ साउन ४ गते ८:१३

भजनी (कैलाली) । टीकापुरमा रु एक करोड ८९ लाख लागतमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण भएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको हो ।
नवनिर्मित भवनमा ४५ जना सुविधाका साथ बस्न सक्नेछन् । आर्थिक वर्ष २०७८÷७९ मा उक्त मन्त्रालयले प्रहरीको आवास भवन निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो ।
दुईतले भवनको थप तलाका लागि प्रदेशले चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ । निर्माण सम्पन्न भएको भवनमा कार्यालयमा कार्यरत प्रहरीका लागि अपर्याप्त छ ।
हाल इलाका प्रहरी कार्यालयमा एक सय जना प्रहरी कार्यरत छन् । प्रहरी आवास भवन निर्माण भए पनि बन्दी राख्ने हिरासत साँघुरो छ । महिला तथा बालबालिका राख्ने भवनको अवस्था पनि नाजुक छ ।
सम्बन्धित


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया