बिहीबार, माघ १, २०८२

ओलीको प्रशंसा गर्दै देउवाले भने- उहाँ अत्यन्तै अध्ययनशील र मिहिनेती हुनुहुन्छ

मेरोन्यूज २०८१ साउन ६ गते १५:०६

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेपछि बोलेका देउवाले ओली अत्यन्तै मिहिनेती, अध्ययनशील र अनुभवी भएको बताए ।

“प्रधानमन्त्ती अत्यन्तै अध्ययनशील, मिहिनेती र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलका साथीहरू पनि योग्य सक्षम हुनुहुन्छ । उहाँहरूको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो सम्हाल्ने छ,” उनले भने ।

देउवाले वर्तमान सरकार विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि उचित कानुन र लगानीको उचित वातावरण तयार गर्दै रोजगारीका अवसर सिर्जना र चलायमान अर्थतन्त्रको ठोस निर्माण गर्ने विश्वास आफूमा रहेको बताए ।

प्रतिक्रिया