चितवनमा बस दुर्घटना हुँदा ३ जना घाइते , १ को अवस्था गम्भीर

मुग्लिन (चितवन) । जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट काठमाडौँतर्फ जादैँ गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन् ।
घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका–८ बस्ने ३६ वर्षीय को धनश्याम न्यौपानेको अवस्था गम्भीर छ ।
बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको बताउँदै प्रवक्ता रिजालले माइक्रो चालक चितवनको माडी नगरपालिका–१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । उक्त माइक्रोमा १७ यात्री सवार थिए ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया