रौतहटको सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी

रौतहट । रौतहटको कटहरियास्थित तलब भत्ताको माग गर्दै नेपाल बिद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण बिद्यालय कर्मचारीहरू, बाल विकास सहयोगी कार्यकर्ताले तलव र भताको माग गर्दै ज्ञापन पत्रमार्फत आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक बर्ष २०७९/०८० को वैशाख देखि अषाढ मसान्त सम्मको न्यूनतम थप तलव , यस आर्थिक वर्षको वैशाख देखि अषाढ सम्मको तलब र प्रति महिना दुईहजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर कसैले पनि न पाएर कठिनाई भएको छ।
सम्पूर्ण विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताले १५ दिन भित्र तलब निकासा नभएमा निम्न अनुसारको आन्दोलन गर्न बाध्य हुनेछौं ज्ञापन पत्रमा भनिएको छ ।
आगामी भदौ २ गतेदेखि ३ गतेसम्म कटहरिया नगरपालिकामा धर्ना बस्ने, भदौ ४ गते हात्तमा कालो पट्टी बाँधेर आआफ्नो विद्यालयमा काम काज गर्ने र भदौ ५ गतेदेखि कटहरिया नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कटहरियास्थित सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा बिद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी झन्डै ६० जना कार्यरत रहेका छन ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादवसहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर झण्डै १ महिना अघि निलम्बित भएपछि नगरको जवाफदेहिता अन्यौल बनेको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया