घर भत्किँदा एकै घरका आठ घाइते, तीनको अवस्था गम्भीर
मेरोन्यूज
२०८१ साउन ११ गते ९:४१

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका-१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठ जना घाइते भएका छन्।
शुक्रबार राति १ बजेतिर घरमुली ३५ वर्षीय पदम अधिकारी लगायत आठ जना घाइते भएका हुन्। उनीसँगै ६५ वर्षीया भिरकुली, ३० वर्षीया सरिता, १६ वर्षीया संगीता, १५ वर्षीया सुजता, १४ वर्षीय नविन, १४ वर्षीय नवराज र १० वर्षीय दिनेश घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।
पदम, सरिता र दिनेश गम्भीर घाइते भएका छन्। उनीहरूसँगै ६ जनालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याएको पाण्डेले जानकारी दिए। सामान्य घाइते संगीता र नवराज घरमै रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित










मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया