सुदिप पन्त र शान्ती श्री परियारको नयाँ गीत ‘बारुलाको गोलो’ सार्वजनिक

काठमाडौंँ । गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको आवाज रहेको ‘बारुलाको गोलो’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उषा उप्रेती र रमेश कडरियाको अभिनय रहेको छ ।
सुदिप पन्त र रमेश कडरियाको शब्द रहेको गीतको सङ्गीत गायक स्वयमले गरेका छन् भने सङ्गीत संयोजन कडरियाले गरेका छन् । केही फरक शैलीमा प्रस्तुत गरिएको गीतको भिडीयोमा जङलमा बसोबास गर्ने प्रेमी प्रेमिका (मोडेल उषा उप्रेती र रमेश कडरिया) को रोमान्चक प्रेम दर्शाउनुको साथै भिलेन पात्र पनि खडा गरिएको छ ।
भिडियोलाई कार्टून्ज क्रू का सरोज अधिकारीले निर्देशन गरेका छन् । त्यस्तै सरोज अधिकारी र रोशन बिकको कोरियोग्राफी, तथा क्यामरामा पवन शुस्लिङले काम गरेका छन । नगरकोट र साँखुको जङलमा छायाङ्कन भएको गीतको भिडियो सम्पादन सुरोज अधिकारीले गरेका हुन भने कलर करेक्सन राजेन्द्र मोक्तानले गरेका छन ।
आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताहरुले यो गीत मन पराउनेमा आफू आशावादी रहेको गायक सुदिप पन्तले बताए । हाल जापानमा बसोबास गरिरहेका पन्तले यसअघि नेपाली र जापानी भाषा सम्मिलित गीत ‘ओइ ओइ तकेवा’ सार्वजनिक गरेका थिए ।
भिडियो लिङ्क :










प्रधानमन्त्री कार्कीको नियुक्ति असम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
दोस्रो संस्करणको एनपीएल : आज लुम्बिनी र चितवन भिड्दै
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया