सोमबार, चैत ९, २०८२

खाँदबारी बालविकास समाजलाई एक करोड सहयोग

मेरोन्यूज २०८१ साउन १३ गते ७:४६

काठमाडौँ । समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालबिकास समाजलाई रु एक करोड प्रदान गर्नुभएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गर्नुभएको उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरे।

त्यस अवसरमा अध्यक्ष घिमिरेले खाँदवारी बालविकास समाजका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा उक्त रकमलाई खर्च गरिने बताए ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, पूर्वमुख्यसचिव डा विमल कोइराला, पूर्वसचिव सुशील जङ्गबहादुर राणा, दिनेशकुमार घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं ४ का वडा सदस्य नवीन मैनालीलगायत उपस्थित थिए ।

प्रतिक्रिया