एआईबाट सेयर बजारको अनुगमन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एआईको माध्यमबाट पुँजी बजारको अनुगमन तथा सुपरिवेक्षण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सेबोनले बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेका एआईमा आधारित एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणाली प्रयोगमा ल्याउने भएको हो ।
बोर्डको वेबसाइटलाई परिष्कृत गरी थप सूचनामूलक बनाउने, आईपीओ अलटमेन्ट सफ्टवेयरमा प्राविधिक सुधार गर्ने, पुँजी बजारसम्बन्धी तथ्यांकहरूको केन्द्रीय व्यवस्थापन तथा तथ्यांक उपलब्धताको सहज व्यवस्थापन गर्न केन्द्रीय पुँजी बजार तथ्यांक बैंक तथा पोर्टल स्थापना सम्बन्धमा अध्ययन गर्ने, धितोपत्र बजार सूचना प्रविधि निर्देशिका तयार गर्ने, सूचना प्रविधिका साधन तथा प्रणालीको सम्परीक्षण ढाँचा तयार गर्ने, सफ्टवेयर तथा हार्डवेयर खरिद, विकास तथा प्रयोग गर्ने र बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने बोर्डले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
बजारलाई स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाइ स्थायित्व तथा लगानीकर्ताको हित प्रवर्द्धन गरी जन विश्वास बढाइने, बोर्डको संस्थागत सुदृढीकरण र संरचनागत सुधार तथा क्षमता अभिवृद्धि गर्ने, प्रभावकारी नियमन तथा सुपरिवेक्षणमार्फत गलत अभ्यासलाई निरुत्साहित गर्ने, बजेटमा उल्लेख भएका वस्तु विनिमय बजार सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने, हरित बण्ड, उर्जा बण्ड लगायत अन्य नवीन वित्तीय औजारहरूको निष्कासन तथा कारोबारको सहज व्यवस्था गर्न आवश्यक कानुनी व्यवस्था गरिने बोर्डले जनाएको छ ।
पुँजी बजारसम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तर्जुमा गर्ने, वित्तीय क्षेत्रका नियामक लगायत पुँजी बजारमा प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पार्ने निकायसँग नीतिगत तथा कार्यगत समन्वय बढाउन अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने, बोर्डको घरजग्गा प्राप्ति प्रक्रिया अगाडि बढाउने, संघीय संरचनाअनुसार पुँजी बजारको नियमन पहुँच बढाउन प्रादेशिक कार्यालय स्थापना गर्न अध्ययन गर्ने नीति तथा कार्यक्रम रहेको बोर्डको भनाइ छ ।
धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी, धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर), क्रेडिट रेटिङ कम्पनी, धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, निक्षेप सदस्य र सामूहिक लगानी कोष तथा विशिष्टीकृत लगानी कोषहरूको कुल संख्याको कम्तीमा १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण गर्ने, वित्तीय विवरण, सूचना तथा जानकारी तथा अन्य काम कारबाहीहरूको गैरस्थलगत सुपरिवेक्षण गर्नेछ ।
वस्तु विनिमय बजारको अनुमतिपत्र प्रदान गर्ने, गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुन संशोधन गर्ने, बुक विल्डिङ विधिमार्फत आईपीओ निष्कासन थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने, आईपीओ निष्कासनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणसम्बन्धी एकरूपता कायम गर्न प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलन अध्ययन गरी कार्यान्वयन गरिने बोर्डको आगामी योजना छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया