सोमबार, वैशाख १४, २०८३

चिनियाँ विद्युतीय गाडी दिपलको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रा.लि नियूक्त

मेरोन्यूज २०८१ साउन १७ गते १६:०८

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रा.लि.लाई नियूक्त गरेको छ।

Advertisement
NiccNicc

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रा.लि.को शोरुममा गई दिपल गाडी बुकिङ्ग गर्न सकिने बताएको छ। नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ।

टेस्ट ड्राईभको लागि एक साताभित्र गाडी पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ। दिपलको एस ०७ र एल ०७ लगाएत अन्य मोडेलहरु उपलब्ध हुने बताइएको छ। गाडी बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक साताभित्रै गाडी उपलब्ध गराईने कम्पनीले जानकारी गराएको छ।

दिपलको एस ०७ इ एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ। नेपालमा यो गाडीको मुल्य ७४ लाख ९९ हजार रुपैँया तोकिएको छ। सिंगल चार्जमा ४१० देखी ४८५ कि।मी रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ।

एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। हिमालय अर्गनाईजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेनटल प्रा।लि।फोर्स मोटर्सका गाडीको लागि नेपालको आधिकारिक विक्रेता हो।

विगत ३ दशक भन्दा बढि समय देखी यस अर्गनाईजेशन अटोमोवाइल्स ब्यवसायमा सक्रिय रहदैँ आएको छ। यो समुहका अध्यक्ष ध्रुव थापा छन्। उनी नाडाको निर्वतमान अध्यक्ष समेत छन्।

बुकिङ्ग गर्न वा थप जानकारीका लागि ९८५६०४७६६६ वा ९८५६०३७३४९ सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया