पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक

काठमाडौँ । पल शाहले पहिलोपटक दोहोरो भूमिकामा काम गरेको फिल्म ‘रावायण’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पल शाहलाई दाह्री जुँगामा चित्रित गरिएको छ ।
तीजको सार्वजनिक विदा पारेर आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसमा पलको जोडी अभिनेत्री पूजासँग बाँधिएको छ । पूजा यो फिल्मकी निर्मात्री समेत हुन् । प्रियंका कार्की, निकिता चण्डक (पूर्व मिस नेपाल), प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको पनि फिल्ममा अभिनय छ ।
सुशन पाठक कार्यकारी निर्माता रहेको ‘रावायण’मा सौरभ लामाको छायांकन, सुदर्शन थापाको कथा, प्रदीप श्रीवास्तवको पटकथा, शिवम अधिकारीको लेखन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । आरआर फिल्म्सले देशभर वितरण गर्न लागेको फिल्मको टिजर यही शुक्रबार रिलिज हुनेछ ।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया