बिहीबार, चैत ५, २०८२

एमालेले कुन नेतालाई के जिम्मेवारी दियो ?

मेरोन्यूज २०८१ साउन १७ गते १७:५०

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न नेतालाई जिम्मेवारी तोकेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

विहिबार बसेको सचिवालय बैठकले गुरु बराललाई उपाध्यक्षमा मनोनित गरेको छ भने मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनित गरेको छ ।

त्यस्तै अनुशासन आयोगको सदस्यमा मायानाथ अधिकारी मनोनित भएका छन् । त्यस्तै बैठकले प्रदेशमा इन्चार्ज, केन्द्रीय सदस्य, निर्वाचन आयोग र सल्लाहकार परिषदमा सदस्य चयन गरेको छ ।

प्रदेश इन्चार्ज:

कोशी प्रदेश- शेरधन राई
मधेस प्रदेश- लीलानाथ श्रेष्ठ
बागमती प्रदेश- राजन भट्टराई
गण्डकी प्रदेश- किरण गुरूङ
लुम्बिनी प्रदेश- पद्मा अर्याल
कर्णाली प्रदेश- गोरखबहादुर बोगटी
सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट

केन्द्रीय सदस्य: 

सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम),गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर) छन् । त्यसैगरी सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) ।

निर्वाचन आयोग: 

निर्वाचन आयोगको सदस्यमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु),नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौँ) कमला केसी (कैलाली)  
सल्लाहकार परिषद् सदस्यमा: 

कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा. गोपाल खनाल (नवलपुर),खालित हुसेन हक (सुनसरी), हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी),अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा),धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके),जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी),सुवासचन्द्र ठकुरी (मकवानपुर) शान्तकुमार ओली (रोल्पा), विना ज्ञवाली (बर्दिया),हरि पोखरेल (खोटाङ), कवीन्द्र शेखर रिमाल (काठमाडौँ), सर्वध्वाज सावा लिम्बु (सुनसरी), गणेशसिंह धामी (दार्चुला), नन्द केशर ढकाल (रुपन्देही), लक्ष्मी प्रसाद जोशी (डडेलधुरा), रामहरी सुवेदी (काभ्रे),सरस्वती पाटी (भक्तपुर) ।

प्रतिक्रिया