धीरज नाथको देउडा गीत ‘लेकमको सेरोफेरो’ सार्वजनिक

काठमाडौं । प्रगतिशील सष्टा धीरज नाथको नयाँ गीत ‘लेकमको सेरोफेरो, मायाँ छ कि छैन मेरो’ बोलको देउडा गीत सार्वजनिक भएको छ ।
सष्टा नाथको स्वर, संगीत र रचना रहेको गीतमा आरती बिष्टको समेत स्वर रहेकाे छ । देउडा भाका र डाेटेली भाषामा परदेसिएको दाजु र गाउँमा रहेकी बैनीबीचको संवादको आधारमा तयार पारिएको गीतमा माया, दुख, पिडा र राष्ट्रप्रेमलाई अभिव्यक्त गरिएको छ ।
‘अपि हिमालमा घाम झुलुक्क, घर सम्झी राेइरहन्छु बैना खाडी मुलुक´ भन्दै सुरु गरिएको गीतमा ‘ काेइ त हुन्ना देश बनाउने आमाको सपूत’ भनी देश बनाउने सपूतकाे खाेेजी समेत गरिएको छ । त्यस्तै ‘ लिम्पियाधुरा र कालापानीकाे, नाकै काटिन्या भाे बैना स्वाभिमानीकाे ‘ जस्ता शब्दप्रयाेगले गीतमार्फत राष्ट्रप्रेम प्रकट गरिएको छ ।
वर्तमान नेपाली समाजको राजनीतिक र सामाजिक र आर्थिक यथार्थतालाई उतारिएको गीतको संगीत संयोजनमा बीरसिंह नाथ, बाँसुरीमा रतन बि.क, ढोलकमा भरत र मिक्सीङमा सबिन मगरले साथ दिएका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विश्व सङ्गीत दिवसको अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१’ मा सुदूरपश्चिम प्रदेशबाट सर्वाेत्कृष्ट बन्न सफल नाथले अहिले नयाँ गीत ल्याएर स्राेतामझ आएका हुन् ।
हुरी स्टिडियो ललितपुरमा रेकर्ड गरिएको गीत ‘न्याउली भाका’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया